सिवाईसी नेपाल र आँधिखोला लघुवित्तले मर्जर प्रस्ताव पारित गदै

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधाणसभा बोलाएका छन् । संस्थाहरुले मर्जर प्रस्ताव पारित गर्न असोज ७ मा विशेष साधारण सभा डाकेका हुन् ।

सिवाईसी नेपाल लघुवित्तले केन्द्रिय कार्यालय रहेको कास्कीमा र आँधिखोला लघुवित्तले होटल गाँउवेशीको सभाहल, वालिङ, स्याङ्जामा बोलाएका छन् ।
उक्त विशेष साधारण सभाले दुवै लघुवित्त एक आपसमा गाभ्ने/गाभिने, मर्जर प्रयोजनार्थ निर्धारण गरिएको शेयर स्वाप रेशियो पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, मर्जर सम्बन्धि आवश्यक कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ।

यी दुवै संस्थाहरुले भदौ २९ गतेदेखि असोज ७ गतेसम्म विशेष साधारण सभा प्रयोजनार्थ बुकक्लोज गर्दैछन् भने शेयर कारोबार असार २३ गतेदेखि बन्द रहेको छ।

डिजिटल कारोबारले बैंकिङ क्षेत्रमा क्रान्ति, एक वर्षमा घटे १ खर्बका नोट Read Previous

डिजिटल कारोबारले बैंकिङ क्षेत्रमा क्रान्ति, एक वर्षमा घटे १ खर्बका नोट

२० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक Read Next

२० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक