ग्लोबल आइएमई बैंकका ११ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित)

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकको सेवालाई मध्यनजर गर्दै दशैंको विदाका दिनमा पनि नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।

 

बैंकले एक सूचना जारी गर्दै दशैं विदामा सञ्चालन हुने शाखाहरुको सूची सार्वजानिक गरेको छ । दशैं विदाको समयमा पनि काठमाडौं उत्पत्यका भित्र ४ वटा शाखा, र उपत्यका बाहिरका ६ वटासहित १० वटा शाखा कार्यालय खुल्ने बैंकले जनाएको छ ।

 

बैंकले काठमाडौँ उपत्यकाभित्रका कान्तिपथ, न्यूरोड, लगनखेल, चाबहिल र उपत्यका बाहिरका बाग्लुङ, नारायणगढ, बुटवल, पोखरा, विराटनगर र वीरगंज शाखा खुल्ला रहने जनाएको छ ।

 

३६५ दिन बैंकिङ सेवा प्रवाह गर्ने योजनाअन्तर्गत बैंकले बडादशैंको दिन अर्थात असोज २१ गते भने काठमाडौंको कान्तिपथ शाखा विहान १ बजेदेखि अपराह्न ४ बजेसम्म खुल्ने जनाएको छ ।

सिटिजन्स बैंकका ११ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित) Read Previous

सिटिजन्स बैंकका ११ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित)

रारा घुम्न गाडी र हवाईमा छुट्टै अफर, कुनमा कति खर्च ? Read Next

रारा घुम्न गाडी र हवाईमा छुट्टै अफर, कुनमा कति खर्च ?