सिटिजन्स बैंकका ११ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित)

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकको सेवालाई मध्यनजर गर्दै दशैंको विदाका दिनमा पनि नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।

 

बैंकले एक सूचना जारी गर्दै दशैं विदामा सञ्चालन हुने शाखाहरुको सूची सार्वजानिक गरेको छ । दशैं विदाको समयमा पनि काठमाडौं उत्पत्यका भित्र ६ वटा शाखा, र उपत्यका बाहिरका ५ वटासहित ११ वटा शाखा कार्यालय ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

 

बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौँ उपत्यकाभित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको हो ।

 

३६५ दिन बैंकिङ सेवा प्रवाह गर्ने योजनाअन्तर्गत बैंकले बडादसैंको दिन अर्थात असोज २१ गते काठमाडौं उपत्यका भित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ ।

वैदेशिक रोजगारः आर्थिक सहायताका लागि राजधानी धाउनु नपर्ने, स्थानीय तहबाटै निवेदन दिनसक्ने Read Previous

वैदेशिक रोजगारः आर्थिक सहायताका लागि राजधानी धाउनु नपर्ने, स्थानीय तहबाटै निवेदन दिनसक्ने

ग्लोबल आइएमई बैंकका ११ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित) Read Next

ग्लोबल आइएमई बैंकका ११ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित)