रारा घुम्न गाडी र हवाईमा छुट्टै अफर, कुनमा कति खर्च ?

काठमाडौं । नेपालीहरुको विशेष चाड दशैं सुरु भइसकेको छ । चाडपर्वको अवसरमा नयाँ ठाउँको घुमफिर गर्ने र रमाइलो गर्ने चाहाना सबैको हुन्छ । यस्तो अवसरमा पोखरा, चितवन, मुक्तिनाथ, रारा, खप्तड, जनकपुर, इलाम, हलेसी महादेब, लुम्बिनीलगायतका स्थानमा पर्यटकको घुइचो लाग्ने गर्छ । पछिल्लो समय, आन्तरिक पर्यटकको निक्कै घुइचो लाग्ने स्थान मध्ये एक हो, रारा ।

 

विकट मानिएको कर्णाली अञ्चलको मुगु स्थित रारा ताललाई प्रकृतिको अनुपम उपहारको रुपमा लिइन्छ । विस्तार हुँदै गएको यातायात तथा हवाई सुविधाको कारण रारा यात्रा बाह्य र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । शाहसी पर्यटन तथा ट्रेकिंगको लागि बढि रुचाइने रारामा वर्षेनी हजारौं पर्यटकको घुईचो लाग्ने गरेको छ ।

 

रारा भ्रमणका लागि विशेषत सेप्टेम्बरदेखि अक्टोवरको बीचमा बढि जाने गर्छन । अझै विभिन्न प्याकेज प्रदान गर्दै आएकाले ट्राभल एजेन्सीले रारा भ्रमणलाई सहज बनाइदिएका छन् । एजेन्सीले यात्रीको आवश्यकता र इच्छा बमोजिम प्याकेजमा घुमफिरको व्यवस्था मिलाइ दिने गरेका छन् । यस्ता एजेन्सीले जिप, कार, बस, तथा हवाई प्याकेजमार्फत रारा घुम्ने अवसर प्रदान गर्दै आएका छन् ।

 

एजेन्सी अनुसारको फरक प्याकेज

 

चार वर्षदेखि रेन्टल कम्पनी ‘भेहिकल रेन्टल इन काठमाडौं’ र ‘एम.के भेहिल’ संचालन गर्दै आएका मुकेश गुप्ताले रारा ताल घुम्न जाने यात्रीलाई यातायातको सुविधा प्रदान गर्दै आएका छन् । यात्रीले एजेन्सीले प्रदान गर्ने ६ रात सात दिनको प्याकेजमा प्रतिव्यक्ति २१ हजारमा रारा भ्रमण गर्न पाउने गुप्ता बताउँछन् ।

 

‘पछिल्लो समय रारा तालमा पर्यटकको निक्कै घुइचो लाग्न थालेको छ । विशेषत, प्याकेजमा घुम्न जाने यात्रीको संख्या ह्वात्तै बढेको छ । रारा भ्रमणमा निस्केका यात्रीबाटै राम्रो प्रतिक्रिया आउने गरेको छ’, गुप्ताले मेरोअटोसँग भने ।
रारा भ्रमणका क्रममा सबै किसिमका सेवा दिनेगरि प्याकेजको व्यवस्था भएकाले ग्राहकले चाहे बमोजिमको सुविधा उपलब्ध गराउने उनले बताए । निश्चित प्याकेजमा भरपुर आनन्दसँगै सुरक्षित यात्राका लागि आफ्नो कम्पनी उत्कृष्ट छनौट हुने उनको दाबी छ ।

 

अर्काे ट्राभल एजेन्सी न्यु अराइभलका संचालक रमेश घिमिरेले रारा गन्तव्यको लागि २४ हजारको प्याकेज आफुले बिक्री गरिरहेको जानकारी दिए । सकेसम्म थोरै रकममा रारा घुमाउने लक्ष्य अनुसार आफूहरुले शुल्क निर्धारण गरेको घिमिरेको दाबी छ ।

 

यस्तै, प्रतिव्यक्ति २२ हजार शुल्क निर्धारण गरेको इमेस होलिडेले ६ रात सात दिनको प्याकेजमा रारा घुमाउँदै आएको छ । अर्काे, स्कर्पियो जिप रेन्टल नेपालले पनि २२ हजार पाँच सयको प्योकजमा रारा घुमाउने गरेको छ । यातायातको सुविधालाई सहज बनाउदै आएका यस्ता ट्राभल कम्पनीले आन्तरिक पर्यटनलाई प्रवद्र्धन तथा व्यवस्थापनमा महत्वपूर्ण कार्य गर्दै आएका छन् ।

 

हवाइ प्याकेज

हवाई यात्राबाट छिटो रारा पुगेर फर्कन चाहने पर्यटकलाई ३४ हजारमा दुई रात ३ दिनको हवाई प्याकेजमा रारा घुमाउदै आएको इमेस होलिडले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंकका ११ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित) Read Previous

ग्लोबल आइएमई बैंकका ११ शाखा दशैंको विदाको दिनमा पनि खुल्ने (सूचीसहित)

दशैं मान्न प्रतिव्यक्ति १० केजी चामल Read Next

दशैं मान्न प्रतिव्यक्ति १० केजी चामल