काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरन्जन कर तिर्न क्यासिनोलाई एक साताको अल्टिमेट दिएको छ । महानगरले आइतबार पत्र पठाउँदै ७ वटा क्यासिनोलाई एक साताभित्र कर नतिरे कारबाही गर्ने चेतावनी दिएको हो ।
होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।
बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक पटक ताकेता गर्दा पनि नति सम्बन्धित संस्थाहरुको ४ वर्षदेखि नतिरेको महानगरले जनाएको छ ।
प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवान सहित ७ दिनभित्र कर चुक्तता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । प्रत्येक कम्यासिनोहरुले प्रतिव्यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्ने महानगरका राजस्व विभाग प्रमुख शिवराज अधिकारीकारीले बताए ।