मुस्ताङ उडेको समिट एयरको जहाज पोखरामा आपतकालीन अवतरण

काठमाडौं । पोखरा विमानस्थलबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा आपतकालीन अवतरण गरिएको छ ।

बिहान ७ः५९ बजे मुस्ताङ उडेको जहाज उडेको ७ मिनेटमै पोखरा विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो ।

उक्त जहाजको इन्टिकेसनमा समस्या देखिएपछि आपतकालीन अवतरण गराइएको बताइएको छ । उक्त जहाजमा १८ जना यात्रु रहेका थिए ।

विमान अवतरणपछि अहिले आवश्यक चेकजाँच भइरहेको पोखरा विमानस्थलले जनाएको छ ।

तंग्रिँदै पर्यटन व्यवसाय, ८ महिनामा भित्रिए सवा ३ लाख विदेशी पर्यटक Read Previous

तंग्रिँदै पर्यटन व्यवसाय, ८ महिनामा भित्रिए सवा ३ लाख विदेशी पर्यटक

हिमालयन बैंकको ऋण पत्रमा आवेदन दिने म्याद थप Read Next

हिमालयन बैंकको ऋण पत्रमा आवेदन दिने म्याद थप