हिमालयन बैंकको ऋण पत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । हिमालयन बैंकले ऋण पत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले भदौ १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ऋण पत्रमा अब भदौ २९ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

बैंकले निष्कासन गरेको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ को अवधि ७ वर्ष रहेको छ भने १०.५० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।

जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। उक्त ऋणपत्र खरिद गर्न लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

मुस्ताङ उडेको समिट एयरको जहाज पोखरामा आपतकालीन अवतरण Read Previous

मुस्ताङ उडेको समिट एयरको जहाज पोखरामा आपतकालीन अवतरण

दसैँका लागि ७० प्रतिशत हवाई टिकट बुकिङ, उडान थप्ने एयरलाइन्सको तयारी Read Next

दसैँका लागि ७० प्रतिशत हवाई टिकट बुकिङ, उडान थप्ने एयरलाइन्सको तयारी