अग्रिम हवाई टिकट बुकिङ : केही गन्तव्यको ‘सोल्ड आउट’, उडान नथप्दा टिकट पाउनै मुस्किल

काठमाडौं । एयरलाइन्स कम्पनीहरुले दसैंतिहार लक्षित गरेर अग्रिम टिकट बुकिङ सुरु गरेका छन् । अनलाईन मार्फत सहज रुपमै टिकट बुकिङ गर्न सकिने भएपछि कतिपय ठाउँको टिकट सोल्ड आउट भइसकेको छ ।

चार्डपर्वमा मानिसको आवतजावत उच्च हुनेभएपछि धेरैले अग्रिम टिकट बुकिङ गर्ने गरेका छन् । गत भदौ लागेसँगै यात्रुहरुको संख्या बढ्दा हवाई कम्पनीहरुले पूर्ण क्षमतामा उडान गदै आएका थिए ।

बुद्ध एयरका दिपेन्द्र कर्ण दसैं/तिहारको बुकिङ सुरु हुनुका साथै कतिपय ठाउँको सोल्डआउट भइसकेको बताउँछन् । ‘दसैंको बुकिङ सुरु भइसकेको छ, तुम्लिङटारको टिकट नै सोल्डआउट भइसकेको छ । अन्य ठाउँको पनि बढिरहेको छ,’ उनले भने ।

यसैगरी यति, सौर्य लगायत अन्य एयरलाइन्सहरुले पनि अग्रिम टिकट बुक हुनेक्रम बढेको जनाएका छन् । हाल नेपालमा सरकारी र निजी गरेर ९ वटा एयरलाइन्स कम्पनीहरुले हवाई सेवा प्रदान गरिरहेका छन् ।

दूर्गम भू–भागमा सडक पूर्वाधार र हवाई सुविधा राम्रो नहुँदा यात्रुहरुले सधै सास्ती पाउने गरेका छन् । चार्डपर्वको विशेष अवसरमा यात्रुहरुको चाप झनै बढ्ने गरेको छ । तर, त्यसअनुसार सरकार र सेवा प्रदायक कम्पनीहरुले पूर्वाधारमा सुधार, सेवा विस्तार,गर्न नसक्दा यसवर्षपनि दसैँ तिहारमा दूर्गम क्षेत्रका यात्रुहरुले सास्ती भोग्ने भएमा हुन् ।

हिमाली क्षेत्रका जिल्लाहरुमा सडक यातायातको अवस्था कमजोर छ भने सहजरुपमा हवाई सेवाको पहुँच छैन् । एयरलाइन्सको अचाक्ली महंगो भाडा र त्यसमाथि थोरै उडानले दूर्गम ठाउँका मानिसहरुको यात्रा असहज हुनेगरेको छ ।

सरकारले हरेक वर्ष दसैँ–तिहारका लागि एक महिनाअघि अग्रिम बस बुकिङ खोल्ने गरेको छ भने एयरलाइन्स कम्पनीको टिकट यात्रुहरुले अनलाईन मार्फत जतिबेला पनि बुकिङ गर्नसक्छन् ।

हवाई सेवा प्रदायक कम्पनीका अनुसार हालसम्म हिमाली क्षेत्रमा अग्रिम टिकट बुकिङ बढेको छैन् । जोमसोम,लुक्ला, डोल्पा,जुम्ला,सँफेबगर, मुगु लगायतका विमानस्थलहरुमा यती, सीता, गुण, समिट, तारा, सौर्य एयरलाइन्स कम्पनीहरुले उडान गर्दै आएका छन् ।

‘दसैं–तिहारमा विदाको अवसर पारेर हिमाली क्षेत्रहरुमा परिवार सहित घुमफिर गर्ने आन्तरिक पर्यटकहरुको संख्या धेरै हुन्छ,’ एक एयरलाइन्स कम्पनीका बजार प्रबन्धकले भने, ‘यो पर्यटकीय सिजन पनि भएकाले अकूपेन्सी उच्च हुने गरेको छ । यस वर्ष भने हालसम्म अग्रिम बुकिङ भएको छैन् ।’

एकैपटक चार्डबाडको समयमा अकूपेन्सी धेरै हुने भएकाले सहजरुपमा टिकट नपाइने र कम्पनीहरुले समेत धान्न नसक्ने गरेको उनले बताए । भौगोलिक रुपमा असहज, कमजोर पूर्वाधार, लागत बढी तथा नियमित अकूपेन्सी नपाइने भएपछि दूर्गम ठाउँको उडानमा कम्पनीहरुले प्राथमिकता दिएको पाइदैन् ।

चाडबार्डमा आफ्नो घर जान होस् वा हिमाली क्षेत्रमा घुमघाम गर्न आन्तिरक पर्यटकहरुको पनि भीड लाग्ने गरेको छ । मानिसको चाप अनुसार कम्पनीहरुको उडान क्षमता विस्तार नहुँदा हवाई टिकट नपाइने एयर कम्पनीका संञ्चालक बताउँछन् ।

पोखरा,नेपालगञ्ज,धनगढी,काठमाडौंलाई बेस बनाएर एयरलाइन्स कम्पनीहरुले हिमाली तथा पहाडी क्षेत्रमा उडान गदै आएका छन् ।

सहकारीले धितो रोक्का/फुकुवा गर्न अनिवार्य कोपोमिसमा दर्ता गर्नुपर्ने Read Previous

सहकारीले धितो रोक्का/फुकुवा गर्न अनिवार्य कोपोमिसमा दर्ता गर्नुपर्ने

नेपाल वेयर हाउजिङ कम्पनीले आइपीओ ल्याउँदै, विक्री प्रबन्धक नियुक्त Read Next

नेपाल वेयर हाउजिङ कम्पनीले आइपीओ ल्याउँदै, विक्री प्रबन्धक नियुक्त