काठमाडौं । अब सहकारी संघ संस्थाहरुले धितो रोक्का तथा फुकुवाका लागि अनिवार्य रुपमा सहकारी विभागद्धारा संचालित एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा दर्ता गर्नुपर्ने भएको छ ।
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पत्राचार गर्दै सहकारी संस्थाहरुहरुले धितो बन्धक तथा फुकुवा गर्नको लागि कोपोमिस प्रणाली दर्ता अनिवार्य राख्न निर्देशन गरेको हो ।
सहकारीहरुले अब प्रचलित कानुन बमोजिम धितो बन्धक तथा फुकुवा गर्नका लागि पहिला कोपोमिस प्रणालीमा दर्ता गर्नुपर्ने छ । सोपछि मात्र सम्बन्धित मालपोत कार्यालयबाट जग्गा रोक्का तथा फुकुवा गर्न सक्नेछन् ।
सहकारी संस्थालाई कोपोमिस प्रणालीमा आबद्ध गराउन यसअघि आन्तरिक राजश्व विभागले समेत कर चुक्ता प्रमाणपत्र लिन कोपोमिस प्रणालीमा आबद्ध भएको हुनुपर्ने व्यवस्था गरेको छ।
