नेपाल वेयर हाउजिङ कम्पनीले आइपीओ ल्याउँदै, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर जारी गर्न विक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न हिमालयन क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको हो ।

सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र वेयरहाउजिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका छन् ।

कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकुल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दिर्घकालीन खाद्य सुरक्षामा योगदान हेतु अग्रसर रहेको नेपाल वेयरहाउजिङ्गमा चर्चित व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ ।

कम्पनीले प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५,००० मेट्रिक टनका आधुनिक साइलोहरु मार्फत कृषकहरुलाई अन्न भण्डारणको सुविधा प्रदान गर्नेछ । साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सीङ्ग गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ ।

अग्रिम हवाई टिकट बुकिङ : केही गन्तव्यको 'सोल्ड आउट', उडान नथप्दा टिकट पाउनै मुस्किल Read Previous

अग्रिम हवाई टिकट बुकिङ : केही गन्तव्यको 'सोल्ड आउट', उडान नथप्दा टिकट पाउनै मुस्किल

असोज १ देखि ४१ जिल्लामा सहुलिय पसल संचालन, प्रतिकिलो १० रुपैयाँसम्म छुट Read Next

असोज १ देखि ४१ जिल्लामा सहुलिय पसल संचालन, प्रतिकिलो १० रुपैयाँसम्म छुट