असोज १ देखि ४१ जिल्लामा सहुलिय पसल संचालन, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ । कात्तिक १५ गतेसम्म सञ्चालन गरिने यो सुहलियत पसल ४१ जिल्लाका ४४ आउटलेटमा सञ्चालनमा आउने भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मीला सुवेदीले काठमाडौं उपत्यकाको चार ठाउँमा सहुलियत पसल सञ्चालन गर्न लागिएको बताइन् । उनका अनुसार थापाथली, रामशाहपथ, भक्तपुरको सूर्यविनायक र नख्खुमा सहुलियत पसल सञ्चालन गरिन लागेको हो ।

खाद्य कम्पनीले हाल विक्री गरिरहेको दाल, चामल, आटा, चिउरा र कर्णालीको गेडागुडी लगायतका वस्तुमा प्रतिकेजी ७ रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ । गत वर्ष खाद्य वस्तुमा प्रतिकेजी ५ रुपैयाँ छुटको व्यवस्था गरिएको खाद्य थियो । उक्त छुट रकम गत वर्षको दशैँको तुलनामा २ रुपैयाँ बढी हो ।

खाद्य कम्पनीले हाल बासमती चामल प्रतिकिलो ११० रुपैयाँमा विक्री गरिरहेको छ । सहुलियत पसलमा बासमती चामलको मूल्य प्रतिकेजी १०३ रुपैयाँ पर्नेछ । जीरा मसिनो चामल हाल प्रतिकिलो ६८ रुपैयाँमा खाद्य कम्पनीमा विक्री भइरहेको छ । सहुलियत पसलमा जीरा मसिनो चामलको मूल्य प्रतिकेजी ६१ रुपैयाँ पर्नेछ ।

यसैगरी, कम्पनीले खाने तेलको मूल्यमा ७ रुपैयाँ छुट दिने जनाएको छ भने ब्राण्डअनुसार तेलको मूल्य फरक–फरक पर्नेछ । साल्ट ट्रेडिङ करपोरेसनले चिउरामा प्रतिकेजी ७ रुपैयाँ छुट दिने भएको छ । नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिइने भएको छ ।

जिउँदो खसीबोकामा १० रुपैयाँ छुट

खाद्य कम्पनीले ३ हजार खसी च्याङग्रा खरिद गरी विक्री गर्ने भएको छ । कम्पनीले २ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउने तयारी गरेको हो ।

सुवेदीका अनुसार खसिबोका र च्याङग्रामा प्रतिकेजी १० रुपैयाँ छुट दिने छ । सधैं च्याङग्रा मुस्ताङबाट ल्याइने गरेको छ । खसी च्याङग्रा कहाँबाट ल्याउने भन्ने कुरा अझै निश्चित भएको छैन । कोभिडका कारण यो पटक खसीको मूल्यमा केही फरक आउन सक्ने अनुमान गरिएको छ ।

गत वर्ष दशैँमा खाद्य कम्पनीले १४ सय च्याङ्ग्रा र १६ सय खसी खरिद गरेको थियो । विगतमा खसी/च्याङग्रा घटस्थापनासम्म आइपुग्ने गरेको थियो । खाद्य कम्पनीले सधै नेपालगञ्ज, हेटौंडा, दाङ लगायतका ठाउँहरूबाट खसी खरिद गर्ने गरेको छ ।

यस्तै, कम्पनीको अनलाइन वेबसाइटबाट वस्तु अर्डर गरेर खरिद गरेको खण्डमा सहुलियत दरमै सामान घरसम्म पुर्याइदिने सुविधा समेत रहेको उनले बताइन् ।

 

नेपाल वेयर हाउजिङ कम्पनीले आइपीओ ल्याउँदै, विक्री प्रबन्धक नियुक्त Read Previous

नेपाल वेयर हाउजिङ कम्पनीले आइपीओ ल्याउँदै, विक्री प्रबन्धक नियुक्त

हाइड्रोको संस्थापक सेयर विवाद : व्यवसायीको 'मुटु'मा प्रहार कि विकृति नियन्त्रण ? Read Next

हाइड्रोको संस्थापक सेयर विवाद : व्यवसायीको 'मुटु'मा प्रहार कि विकृति नियन्त्रण ?