काठमाडौं । नबिल बैंकले एकैपटक दुई वटा अवार्ड पाएको छ । बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस–२०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्विरिङ बिजनेस–२०२२’ अवार्ड पाएको हो ।
बैंकले डेबिट कार्ड र ई–कमर्स एक्विरिङ बिजनेसमा नेपालमा रहेका सबै बैंकभन्दा बढी वृद्धि र उपलब्धी हासिल गरेकाले यी अवार्डबाट सम्मानित भएको हो ।
भिसा इन्टेरनेसनले काठमाडौंमा आज आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल नेपाल’ कार्यक्रममा नबिल बैंकलाई ती अवार्डबाट सम्मानित गरिएको थियो।
बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले अवार्ड ग्रहण गर्दै नबिल बैंकको टिमलाई उनीहरुको कामप्रतिको समर्पणलाई सरहाना गर्दै बधाइ दिए। ‘नबिल जहिले पनि नेपालको पहिलो डिजिटल बैंक बन्न अग्रसर रहेको र हाम्रा अथक प्रयासलाई यी अवार्डबाट सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छौँ,’ उनले भने।