नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । बजार खुल्ने बित्तिकै १० अंकले बढेको नेप्से अन्त्यमा १ अंकले घटेर बन्द भएको हो ।

शुक्रबार नेप्से १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा आइपुगेको छ । नेप्सेका अनुसार २१९ कम्पनीको ६९ करोड ८८ लाख ५ हजार ९५० रुपैयाँ बराबरको १८ लाख १ हजार २७३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० समूहको घटेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक ४ करोड र अरुण काबेली साढे २ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स र रुरुजलविद्युत्का सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

नबिल बैंकले पायो एकैपटक दुई अवार्ड Read Previous

नबिल बैंकले पायो एकैपटक दुई अवार्ड

अरुण काबेलीको हकप्रद प्रक्रिया अघि बढ्यो, बोर्डमा दियो आवेदन Read Next

अरुण काबेलीको हकप्रद प्रक्रिया अघि बढ्यो, बोर्डमा दियो आवेदन