अरुण काबेलीको हकप्रद प्रक्रिया अघि बढ्यो, बोर्डमा दियो आवेदन

काठमाडौं । अरुण काबेली पावर कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ सेयर अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले यसअघि विद्युत् नियमन आयोगबाट भदौ १२ गते शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति पाइसकेको छ । अब बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ ।

हाल १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ३ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

अमेरिकाद्वारा रूस र चीनमा कम्प्युटर चिप्स निर्यातमा प्रतिबन्ध Read Next

अमेरिकाद्वारा रूस र चीनमा कम्प्युटर चिप्स निर्यातमा प्रतिबन्ध