गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विज एयर नियमितले उडान गर्दै

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

एयरवेजले आगामी कात्तिक १३ (अक्टोबर ३० तारिख)देखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ ।

योसँगै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान भर्ने दुई एयरलाइन्स पुगेका छन् । यसअघि कुवेतको जजीरा एयरलाइन्सले नियमित उडान गरिरहेको छ ।

जेठ २ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तरराष्ट्रिय उडान गरिरहेको छ । थप एयरलाइन्सले पनि भैरहवाबाट उडान सञ्चालनमा चासो देखाएको प्राधिकरणले जनाएको छ ।

सामसङको दशैं उपहार : दैनिक ६५ इन्चको टीभी, ड्याम्मै कार ! Read Previous

सामसङको दशैं उपहार : दैनिक ६५ इन्चको टीभी, ड्याम्मै कार !

नेप्सेमा ३० अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा ३० अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी