सामसङको दशैं उपहार : दैनिक ६५ इन्चको टीभी, ड्याम्मै कार !

काठमाडौं । सामसङले चाडपर्वलाई लक्षित गर्दै ‘यो वर्षको दशैं उपहार, डेली टीभी, ड्याम्मै कार’ स्कीम ल्याएको छ । यस योजना अनुसार विजेताले दैनिक ६५ इन्चको सामसङ टीभी र बम्परमा एउटा कार पाउने भएका छन् ।

यो अफर भदौ १४ देखि असोज १४ सम्म एक महिना लागू हुने कम्पनीले जनाएको छ । सामसङ स्मार्ट फोन वा ट्याबलेट खरीद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन् । योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ स्पेस राखी खरीद गरेको डिभाइसको सिरियल नम्बर टाइप गरी ३५००१ मा एसएमएस पठाउनु पर्नेछ ।

यस योजनामा सहभागि बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेट मध्ये कुनै एक खरीद गरेकै हुनु पर्दछ ।

एसएमएस पठाउने सबै सहभागीहरु मध्येबाट विजेताको चयन गरिनेछ र गोला प्रथा साप्ताहिक रुपमा गरिनेछ । यद्यपि, योजना अवधिभरका लागि दैनिक रुपमा गोला प्रथा संचालन गरिनेछ र गोला प्रथालाई सामसङ फेसबुक पेजमा लाइभ गरिनेछ । विजयी सिरियल नम्बरहरु सोही दिन फेसबुक पेजमा पोस्ट गरिनेछ ।

यस अफरको बारेमा जानकारी दिंदै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङ उपभात्ताहरुको जीवनलाई सहज बनाउनको लागि सधै प्रतिबद्ध छ । यो चाडपर्वको मौसममा हामीले हाम्रा उपभोक्ताहरूलाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्ने कोशिश गरेका छौैं । आफ्नो मनपर्ने सामसुङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथ उपभोक्ताहरूले अर्कषक उपहारहरू जित्ने मौका पाउनेछन् । यस योजनाले हाम्रा ग्राहकहरूलाई पुरस्कृत गरी यस माहान चाड अझै हर्षित र उत्साहजनक बनाउछ भन्ने विश्वास हामीले राखेका छौं ।’

 

प्रतिबन्ध लगाइएका वस्तुको आयात नगर्न राष्ट्र बैंकको निर्देशन Read Previous

प्रतिबन्ध लगाइएका वस्तुको आयात नगर्न राष्ट्र बैंकको निर्देशन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विज एयर नियमितले उडान गर्दै Read Next

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विज एयर नियमितले उडान गर्दै