प्रतिबन्ध लगाइएका वस्तुको आयात नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले प्रतिबन्ध लगाएका वस्तुहरुको आयात नगर्न निर्देशन दिएको छ ।

सरकारले (भदौ १३ गते) राजपत्रमा प्रकाशित सूचना बमोजिम प्रतिबन्ध लगाइएका वस्तुहरूको आयात नगर्न निर्देशन दिएको हो ।

सरकारले वैशाख १३ गतेदेखि १० वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । सोमध्ये ४ वस्तुको प्रतिबन्ध असोज २८ गतेसम्मका लम्ब्याएको छ भने ६ वस्तुको आयात खुला गरेकाे छ ।

सरकारले कार, जीप, भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३०० अमेरिकी डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयात असोज २८ गतेसम्म लम्ब्याएको हो ।

यस्तै, सरकारले यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरु, हिरा, रंगिन टीभी, खेलौना, तासजस्ता वस्तुको आयात भने खुलाइएको छ ।

नेपाली खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान Read Previous

नेपाली खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान

सामसङको दशैं उपहार : दैनिक ६५ इन्चको टीभी, ड्याम्मै कार ! Read Next

सामसङको दशैं उपहार : दैनिक ६५ इन्चको टीभी, ड्याम्मै कार !