एनआइसी एशियाको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो सार्वजनिक

काठमाडौं । एनआइसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि वढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ ।

साथै, अधिकतम् बल, बुद्धि र विवेक सहितको अठोटले कठिन उचाइहरु समेत सहजै चुम्न सकिने सन्देश समेत रहेको छ ।

बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धीहरुलाई मनन् गर्दै हाल पाँच वर्षे ‘अठोट २२–२७’ रणनीति तय गरेको छ । जसमा बैंकले आफूलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको छ ।

फनपार्कलाई महानगरको २४ घण्टे अल्टिमेटम, कर नतिरे बन्द गरिदिने चेतावनी Read Previous

फनपार्कलाई महानगरको २४ घण्टे अल्टिमेटम, कर नतिरे बन्द गरिदिने चेतावनी

काठको टहरामै टर्मिनल भवन Read Next

काठको टहरामै टर्मिनल भवन