फनपार्कलाई महानगरको २४ घण्टे अल्टिमेटम, कर नतिरे बन्द गरिदिने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा संचालित फनपार्कलाई २४ घण्टा भित्र कर तिर्न अल्टिमेटम दिएको छ ।

समाज कल्याण परिषद्‍को जग्गा भाडामा लिई व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै महानगरले कर तिर्न फनपार्कलाई २४ घण्टे अल्टिमेटम दिएको हो ।

वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्कले महानगरपालिकालाई तिर्न र बुझाउनुपर्ने कर तिरेको छैन । फनपार्कले महानगरलाई वर्षौंदेखि व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर बुझाएको छैन ।

बक्यौता कर बुझाउन पटक पटक ताकेता गरे पनि फनपार्कले नतिरेपछि कर तिर्न २४ घण्टे अल्टिमेटम सहित पत्र काटिएको महानगरले जनाएको छ ।

महानगरले फनपार्कलाई व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्ज कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गएर पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र तिर्न भनेको छ ।

तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी समेत गर्ने चेतावनी महानगरले दिएको छ ।

खाद्य कम्पनीले दशैंमा ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने, प्रतिकिलो भाउ कति ? Read Previous

खाद्य कम्पनीले दशैंमा ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने, प्रतिकिलो भाउ कति ?

एनआइसी एशियाको 'अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो सार्वजनिक Read Next

एनआइसी एशियाको 'अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो सार्वजनिक