काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) भर्दा लाग्ने शुल्क (आस्वा चार्ज) नलिने भएको छ ।
यसअघि आइपीओ भर्दा ग्राहसँग १० रुपैयाँ लिँदै आएको बैंकले अब भने उक्त सेवा निःशुल्क दिन लागेको हो ।
गत साता नेपाल धितोपत्र बोर्डले आस्वा शुल्क ५ रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गरेको थियो । सोसँगै केही बैंकहरुले आस्वा सेवा निःशुल्क गर्न थालेका हुन् ।
यसअघि बैंकहरुले आस्वा शुल्कबापत १०० रुपैयाँसम्म लिन पाइने व्यवस्था थियो । नियम लगाएसँगै बैंकले सेवाग्राहीलाई सितैं आस्वा सेवा दिने निर्णय गरेको हो ।