नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । अघिल्ला दुई कारोबार दिनमा ५अंकले बढेको नेप्से आज दोहोरो अंकले घटेको हो ।

बुधबार नेप्से २१.९७ अंकले घटेर १९७३.३८ विन्दुमा आइपुगेको छ । नेप्सेका अनुसार २२४ कम्पनीको १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँ बराबरको २९ लाख ९२ हजार ८७३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर र फाइनान्स समूह २ प्रतिशतभन्दा बढीले घटेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको पौने ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर ६ करोड र राप्ती हाइड्रो ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज हिमालयन पावरका सेयरधनीले सबैभन्दा धेरै ६.८६ प्रतिशत गुमाएका छन् । त्यसैगरी, अपर सोलुखोला, अपर हेवाखोला, रिलायन्स फाइनान्स र खानीखोला हाइड्रोपावरका सेयरधनीले ५ प्रतिशत गुमाएका छन् ।

अब नेपाल बैंकबाट आइपीओ भर्दा शुल्क नलाग्ने Read Previous

अब नेपाल बैंकबाट आइपीओ भर्दा शुल्क नलाग्ने

सेती खोला र मादी खोलामा ४ लेनको आकर्षक पुल निर्माण गरिने Read Next

सेती खोला र मादी खोलामा ४ लेनको आकर्षक पुल निर्माण गरिने