सामसङ ‘ग्यालेक्सी ए १३’ नेपाली बजारमा आउँदै

काठमाडौं । सामसङको ए सिरिज परिवारको नयाँ सदस्य नेपालमा छिट्टै रिलिज हुँदैछ। सामसङ ग्यालेक्सी ए १३ सामसङको उच्च गुणस्तरको नवीनताबाट निर्मित फोन हो ।

सामसङ हरेक मूल्य बिन्दुमा उत्कृष्ट फोनहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको छ । ग्यालेक्सी ए १३ ले लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर ४ वोटा–लेन्स क्यामेरा र आकर्षक एज–टु–एज डिस्प्लेको साथ दिलाउँछ ।

यी सबै सुविधाहरूले ए १३ लाई कन्टेन्ट बनाउनेहरूका लागि, र विशेष गरी नयाँ उदीयमान प्रतिभाहरूका लागि उपयुक्त उपकरण बनाउँछ । यसको शक्तिशाली मल्टि–क्यामेरा प्रणालीले तस्विर र भिडियोहरू खिच्न धेरै सुविधाजनक बनाउँछ ।

फोनको स्क्रिनले प्रस्तुत गरेको सम्मताले सम्पादन गर्ने काम वा टिकटकमा स्क्रोल गर्न कामलाई पनि धेरै सुविधाजनक बनाउँछ ।

ग्यालेक्सी ए १३ सामसङको विशेष नोक्स सेक्युरिटीसँग सुसज्जित छ । ग्यालेक्सी ए १३ उदीयमान कन्टेन्ट बनाउनेहरूका लागि उत्कृष्ट विकल्प हुनेछ ।

डलर कार्ड प्रयोगमा कडाइ, अब यी १८ वस्तु तथा सेवा किन्न नपाइने Read Previous

डलर कार्ड प्रयोगमा कडाइ, अब यी १८ वस्तु तथा सेवा किन्न नपाइने

गाडीसहित ४ वस्तुको आयात प्रतिबन्ध लम्ब्याइयो, यी ६ वस्तुको भने खुल्यो (सूचीसहित) Read Next

गाडीसहित ४ वस्तुको आयात प्रतिबन्ध लम्ब्याइयो, यी ६ वस्तुको भने खुल्यो (सूचीसहित)