गाडीसहित ४ वस्तुको आयात प्रतिबन्ध लम्ब्याइयो, यी ६ वस्तुको भने खुल्यो (सूचीसहित)

काठमाडौं । सरकारले गाडी लयागत ४ वस्तुको आयातमा लगाएको प्रतिबन्ध असोज २८ गतेसम्म लम्ब्याएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले वैशाख १३ गतेदेखि आयातमा प्रतिबन्ध लगाइएका १० वस्तुमध्ये ४ वस्तुको प्रतिबन्ध असोज २८ गतेसम्मका लम्ब्याउने निर्णय गरेको हो।

विभिन्न ६ वस्तुको  आयात भने खुलाइएकाे छ । सरकारले कार, जीप, भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३०० अमेरिकी डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयात असोज २८ प्रतिबन्ध हुनेछ ।

यस्तै, सरकारले यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरु, हिरा, रंगिन टीभी, खेलौना, तासजस्ता वस्तुको आयात भने खुलाइएको छ ।

सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि वैशाखमा असार मसान्तसम्म१० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । विदेशी मुद्रको संचितिमा सुधार नआएको भन्दै सो प्रतिबन्ध भदौ १४ सम्म लम्ब्याएको थियो ।

 

सामसङ 'ग्यालेक्सी ए १३' नेपाली बजारमा आउँदै Read Previous

सामसङ 'ग्यालेक्सी ए १३' नेपाली बजारमा आउँदै

श्रृजनशील लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

श्रृजनशील लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?