नेपालमा हाइड्रोजन फ्युल उत्पादनको प्रचुर सम्भावना छ, लगानी थप्दै जानुपर्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा हाइड्रोजन फ्युल सेल उत्पादनको प्रचुर सम्भावना भएको बताएका छन् । उनले नेपालले नै हाइड्रोजन फ्युल उत्पादनमा नेतृत्व गर्न सक्ने बताएका छन् ।

हाइड्रोजन फ्युल उत्पादनको लागि आवश्यक बिजुली र पानी नेपालमा प्रशस्त उपलब्ध रहेको कारण यसको सम्भावना रहेको घिसिङको भनाइ छ ।

‘नेपालमा हाइड्रोजनको उत्पादन सम्भावना मात्रै होइन । विश्वमा नै नेतृत्व गर्न सक्ने क्षमता छ । विश्वमै नयाँ इनोभेसनमा हाइड्रोजन फ्युलको सम्भावना धेरै छ । अहिले यातायातका साधनदेखि ठूला प्लेनसमेत हाइड्रोजन फ्यूलबाट चल्ने बन्न थालेका छन् । त्यसैले नेपाली विद्युत कहाँ विक्री गर्ने भनेर सोचिरहनु पर्ने आवस्था छैन’, राजधानीमा आयोजना भएको एक कार्यक्रममा घिसिङले भने ।

घिसिङका अनुसार हाइड्रोजन फ्युल उत्पादन गर्ने क्रममा अक्सिजन, एमोनियाको पनि उत्पादन हुने हुँदा त्यसको फाइदा नेपालले उठाउन सक्छ । यी सबै कामको लागि भने विद्युत्मा लगानी थप्दै जानुपर्छ ।

‘लगानी बढाउनु पर्ने अवस्था छ । तर, सरकारले आवश्यक रकम दिन सकेको छैन । यसका बाबजूद ५० अर्ब यो वर्ष लगानी गर्न विद्युत् प्राधिकरण तयार छ । अहिले हुने लगानी बिजुली उत्पादन, प्रशारण लाइन र विद्युतीकरणमा खर्च गर्ने छौं,’ प्रबन्ध निर्देशक घिसिङले भने ।

अफ्रिकी देशले शोलारबाट उत्पादन भएको विद्युत्को प्रयोग गरेर हाइड्रोजन फ्युल उत्पादनमा लागेको बताउँदै घिसिंङले भने, ‘हामी पनि यसको अध्ययन र अनुसन्धान गरिरहेका छौं ।

सीजीनेटले ल्यायो मासिक ८१० रुपैयाँमै इन्टरनेट, साथमा आइपीटीभी Read Previous

सीजीनेटले ल्यायो मासिक ८१० रुपैयाँमै इन्टरनेट, साथमा आइपीटीभी

मिर्मिरे र बुद्धज्योति लघुवित्तको बुधबारदेखि एकीकृत कारोबार Read Next

मिर्मिरे र बुद्धज्योति लघुवित्तको बुधबारदेखि एकीकृत कारोबार