मिर्मिरे र बुद्धज्योति लघुवित्तको बुधबारदेखि एकीकृत कारोबार

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

आइतबार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले सो संस्थाहरुलाई एक्विजीसनपछि एकीकृत कारोबार गर्न अनुमति दिएको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्धज्योती लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सर्ने गरी प्राप्ति गरेको थियो ।

एकीकृत कारोबारपछि संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था रहनेछ ।

नेपालमा हाइड्रोजन फ्युल उत्पादनको प्रचुर सम्भावना छ, लगानी थप्दै जानुपर्छ : कुलमान घिसिङ Read Previous

नेपालमा हाइड्रोजन फ्युल उत्पादनको प्रचुर सम्भावना छ, लगानी थप्दै जानुपर्छ : कुलमान घिसिङ

सर्भेयरको मिलोमतोमा हाइड्रोलाई झुलाउँदै बीमा कम्पनी Read Next

सर्भेयरको मिलोमतोमा हाइड्रोलाई झुलाउँदै बीमा कम्पनी