काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले स्काईकमसँगको सहकार्यमा वहुप्रतिक्षीत आईपीटीभी सेवा सीजीनेट जोडी योजना सुरू गरेको छ ।
ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्देश्यले कम्पनीले आइतबारदेखि सीजीनेट मेगा जोडी र सीजीनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो ।
यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सीजीनेट र आइपीटीभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् । आइपीटीभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् । भने ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् ।
ती मध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानल लगायतका च्यानलहरू हुनेछन् ।
यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सीजीनेटले आफ्ना ग्राहकका लागि न्यून शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सीजीनेट जोडी सेवा सुरू गरेको हो ।
सीजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् ।
स्प्रिण्टर जोडी (८० एमबीपीएस प्लस आइपीटीभी) को प्रति महिना ८१०, पपुलार जोडी (१५५ एमबीपीएस प्लस आइपीटीभी) को १०५५ र रकस्टार जोडी (३०५ एमबीपीएस प्लस आइपीटीभी) को प्रतिमहिना १३७४ शुल्क लाग्नेछ ।
त्रैमासिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमबीपीएसको साथमा आइपी टीभीको रु २६४०, पपुलार जोडी एमबीपीएसको साथमा आइपी टीभीको रु ३७५० र रक स्टार जोडी ३०५ एमबीपीएसको साथमा आइपी टीभीको रु ९७२० शुल्क लाग्ने छ ।
यस्तै बार्षिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमबीपीएसको साथमा आइपी टीभीको रु ९७२०, पपुलार जोडी एमबीपीएसको साथमा आइपी टीभीको रु १२६६० र रक स्टार जोडी ३०५एमबीपीएसको साथमा आइपी टीभीको रु १६४८८ शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने छ ।
सेटप बक्सकालागि ग्राहकले एक पटक रु २६०० शुल्क तिुर्नु पर्ने छ । यसकासाथै सीजीनेटले वदलिँदो समय अनुरुपमा निरन्तररुपमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै लैजाने छ ।
सीजी डिजिटलले सीजी नेट सँगको सहकार्यमा सार्वजनिक गरेको सीजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमबीपीएस र आइपीटीभीका साथमा ४३ इन्चको सीजी टीभी रु ३५९९९ मा र ८० एमबीपीएस र आइपीटीभीका साथमा ३२ इन्चको सीजी टीभी रु २५४९९ मा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले यीे जोडी प्याकेजहरू सीजी नेट कार्यालय, सीजी डिजिटल आउटलेट, सीजीनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्तगर्न सक्नेछन् ।
कम्पनीका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, वुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमुख शहरहरूबाट यो सेवा सुनिश्चित गरिसकेका छन् ।