नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले नबिल बैंकको न्यूरोडमा रहेको शाखा हटाउन निर्देशन दिएको छ ।

महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले बेसमेन्टमा रहेको नबिल बैंकको उक्त शाखाको संरचना हटाउन निर्देशन दिएका हुन् ।

अनधिकृत संरचना हटाउन निरीक्षणको क्रममा न्यूरोड पुगेका साहले बेसमेन्टमा कार्यालय संचालन गरेको भेटिएपछि हटाउन निर्देशन दिएका हुन् ।

उक्त सूचना जारी भएको ३५ दिनपछि महानगरका मेयर साह आफैं अवैधानिक रूपमा बनेको संरचना हटाउन सक्रियसाथ लागेका छन् ।

उनले बुधबार बिहान काठमाडौं मल अगाडिको फुटपाथ र पार्किङको लागि भनेर महानगरसँग स्वीकृति लिएर व्यापार हुँदै गरेको स्थान खाली गराउन पुगेका थिए।

 

सिटिजन्स बैंकको तीजलाई लक्षित योजना, लकर सेवा शुल्कमा विशेष छुट Read Previous

सिटिजन्स बैंकको तीजलाई लक्षित योजना, लकर सेवा शुल्कमा विशेष छुट

कुमारी बैंकले भदौ १७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने Read Next

कुमारी बैंकले भदौ १७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने