कुमारी बैंकले भदौ १७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले भदौ १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ । सर्वसाधरणलाई छुट्याइएको मध्येबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ ।

बैंकको ऋणपत्रमा भदौ २१ गतेसम्ममा आवेदन दिन पाइने छ । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ त्रिपल बी रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम मध्यम भएको संस्था जनाउछ।

नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन Read Previous

नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन

अब पूर्वतयारी गरेर मात्रै राष्ट्रिय राजमार्ग निर्माण अघि बढाउनुपर्ने Read Next

अब पूर्वतयारी गरेर मात्रै राष्ट्रिय राजमार्ग निर्माण अघि बढाउनुपर्ने