सिटिजन्स बैंकको तीजलाई लक्षित योजना, लकर सेवा शुल्कमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महिलाहरूलाई लक्षित गर्दै हरितालिका तीज र विभिन्न पर्वहरूको अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटहरूको योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकले भाद्र महिना भरि लकर शुल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

यो छुट सुविधा ग्राहकले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरूबाट पनि प्राप्त गर्न सक्नेछन् । यस सुविधा बापत ग्राहकले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरू जस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपथ शुल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने छन् ।

ग्राहकको सहजताका लागि बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरू धेरै पहिले देखि नै प्रदान गर्दै आइरहेको छ ।

बैंकले हाल देशभरीका १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट करिब १४ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

नापतौलमा ठगी गर्ने १९ हजार कारबाहीमा, ७ करोड असुली Read Previous

नापतौलमा ठगी गर्ने १९ हजार कारबाहीमा, ७ करोड असुली

नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन Read Next

नबिल बैंकको न्यूरोड शाखा हटाउन निर्देशन