चालु पूँजी कर्जामा कडाइ, २ करोड माथिको ऋणमा २५ प्रतिशत मात्र पाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा (वर्किङ क्यापिटल लोन)मा कडाइ गरेको छ । मंगलबार ‘चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ जारी गर्दै राष्ट्र बैंकले चालु पूँजी कर्जामा कडाइ गरेको हो ।

राष्ट्र बैंकले चालु पूँजी कर्जा दुई वर्गमा विभाजन गरेको छ ।२ करोडसम्मको कर्जाको हकमा वार्षिक कारोबारको २० प्रतिशत सीमा निर्धारण गरिएको छ। यद्यपि, बैंकहरुले आफैँले विशेष प्रकृतिको भनेर विश्लेषण गरेर ४० प्रतिशतसम्म दिन सकिने व्यवस्था गरेको छ।

यस्तै, २ करोडमाथिको हकमा वार्षिक कारोबारको २५ प्रतिशतसम्म मात्र दिन पाइने व्यवस्था गरेको छ ।

यस्तो ऋणको अवधि बढिमा एक वर्षको हुने राष्ट्र बैंकले जनाएको छ । तर, बैंकहरुले यसलाई नवीकरण गर्न भने सक्छन्।

ऋणीको लेखापरीक्षण भएको वित्तीय विवरण, चालुसम्पत्ति तथा चालु दायित्व सम्बन्धी यथार्थ विवरण साथै कर्जा सदुपयोगिता तथा चालु पूँजी आवश्यकताको विश्लेषणका आधारमा मात्र चालु पूँजी प्रकृतिका कर्जालाई नवीकरण गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

चालु पूँजी कर्जा नवीकरण गर्दा लिइने शुल्क, ब्याजदर निर्धारण तथा सुरक्षणसम्बन्धी विवरणका साथै नवीकरण गर्न नमिल्ने आधार र अवस्थाको बारेमा ऋणीलाई कर्जा प्रस्ताव पत्रमा पूर्ण जानकारी उपलब्ध गराउनु पर्नेछ ।

 

आयात र निर्यात दुवै घट्यो, व्यापार घाटामा सुधार Read Previous

आयात र निर्यात दुवै घट्यो, व्यापार घाटामा सुधार

एउटा घरले 'रोक्यो' बलम्बु फ्लाइ ओभर निर्माण Read Next

एउटा घरले 'रोक्यो' बलम्बु फ्लाइ ओभर निर्माण