आयात र निर्यात दुवै घट्यो, व्यापार घाटामा सुधार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ ।

भन्सार विभागले मंगलबार सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कुल आयात १२.९० प्रतिशतले घटेको छ ।

यस्तै, सोही महिनामा कुल वस्तु निर्यातसमेत २८.६८ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार गत साउन महिनामा रु १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले रु १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजारको वस्तु आयात गरेको थियो ।

गत वर्षको साउनमा नेपालले रु २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको वस्तु निर्यात गरेकामा चालु आवको सोही महिनामा रु १४ अर्ब ८० करोड ९७ लाखको वस्तु निर्यात गरेको तथ्याङ्कमा समावेश छ ।

गत साउन महिनामा कुल रु १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख बराबरको व्यापार घाटा भएको छ । गत वर्षको सोही महिनामा नेपालले रु १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापारघाटा सहेको थियो ।

कुल रु १ खर्ब ४६ अर्ब नौ करोड ५७ लाख बराबरको वैदेशिक व्यापार भएको छ । विसं २०७८ को साउनमा मुलुकले रु १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । विभागका अनुसार वस्तु आयातबाट रु ३१ अर्ब ९६ करोड १६ लाख बराबरको राजस्व सङ्कलन भएको छ ।

खप्तड लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

खप्तड लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

चालु पूँजी कर्जामा कडाइ, २ करोड माथिको ऋणमा २५ प्रतिशत मात्र पाइने Read Next

चालु पूँजी कर्जामा कडाइ, २ करोड माथिको ऋणमा २५ प्रतिशत मात्र पाइने