काठमाडौं । एनएमबी बैंकले देशका सातै प्रदेशमा प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा गरेको छ ।
बैंकले सोमबार एभरेष्ट होटलमा एक कार्यक्रम आयोजना गर्दै उक्त घोषणा गरेको हो । बैंकले प्रदेश १ को टंकिसिनुवारी, मधेश प्रदेशको महोत्तरी, वाग्मतीको बल्खु, गण्डकीको चाउथे,लुम्बिनीको भलवारी, सुदूर पश्चिमको धनगढीमा महिलाको नेतृत्वमा महिला कर्मचारी मात्र भएको शाखा सुंचालन गर्ने घोषणा गरेको छ ।
उक्त अवसरमा महिला सशक्तीकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिला दिदीहिनीहरूको अनुभव साट्न अन्तरक्रियात्मक कार्यक्रमकोसमेत आयोजना गरेको छ ।
महिलाहरूलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा थप टेवा पुर्याउने अपेक्षा राखेको बैंकले जनाएको छ ।
एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।