आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर, १० प्रतिशत छुट पाइने

काठमाडौं । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ ।

सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरि व्यवस्था मिलाइएको छ ।

प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (रु. ३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ ।

यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि छ ।

दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

'डुबे'का डेढ दर्जन कम्पनी : न 'लिक्वीडिसन'मा जान्छन्, न सेयर बेच्न पाइन्छ Read Previous

'डुबे'का डेढ दर्जन कम्पनी : न 'लिक्वीडिसन'मा जान्छन्, न सेयर बेच्न पाइन्छ

दुई लघुवित्तको प्रतिसेयर आम्दानी १०० माथि, कुनको कति ? Read Next

दुई लघुवित्तको प्रतिसेयर आम्दानी १०० माथि, कुनको कति ?