लघुवित्तको संख्या ६५ मा झर्‍यो, अझै ८ वटाले आइपीओ जारी गर्न बाँकी

काठमाडौं । माइक्रोफाइनान्स (लघुवित्त) कम्पनीहरुको संख्या ६५ वटामा झरेको छ । केही वर्ष अघिसम्म झन्डै ९० हाराहारीम रहेका लघुवित्तको संख्या हाल ६५ मा झरेको हो ।

पछिल्लो समय लघुवित्तहरु एकआपसमा मर्जर तथा एक्वीजिशनमा जाँदा लघुवित्तहरुको संख्या घट्दै गएको हो । अहिले पनि केही लघुवित्तहरु मर्जर प्रक्रियामै रहेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म अनुमति पाएका लघुवित्तको संख्या ६५ छ । जसमा एक/तीन जिल्ले कार्यक्षेत्र भएकादेखि राष्ट्रिय स्तरमा समेत रहेका छन् । ६५ मध्ये ४७ वटा राष्ट्रिय स्तरमा छन् ।

यस्तै, लघुवित्तहरुको चुक्ता पूँजी १ करोड २० लाख रुपैयाँदेखि २ अर्ब १९ करोड रुपैयाँसम्म रहेका छन् ।

राष्ट्र बैंकबाट अनुमति पाएका ६५ लघुवित्तमध्ये अझै ८ वटा लघुवित्तले साधरण सेयर (आइपीओ) निष्काशन गरेका छैनन् । राष्ट्र बैंकबाट अनुमति पाएका लघुवित्तहरुले चुक्ता पूँजीको ३० प्रतिशत बराबरको आइपीओ जारी गर्नुैपर्ने व्यवस्था छ ।

आइपीओ निष्काशन गर्न बाँकी रहेका लघुवित्तहरुमा खप्तड, युनिक नेपाल, बुद्द ज्योती, स्वस्तिक, श्रृजनशील, बीपीडब्लू, अत्मनिर्भर र सुपर लघुवित्त रहेका छन् । यीमध्ये खप्तडले भदौ ८ गते आइपीओ निष्काशन गर्दैछ घने अन्यले मिति घोषणा गरेका छैनन् ।

 

श्री एयरलाइन्सद्धारा काठमाडौं-पोखरा उडान पुनः सुरू, भाडादर कति ? Read Previous

श्री एयरलाइन्सद्धारा काठमाडौं-पोखरा उडान पुनः सुरू, भाडादर कति ?

साहसिक खेल-पर्यटन ‘हब’ बन्दै फुल्चोकी, माउन्टेन बाइकिङदेखि प्याराग्लाडिङसम्म Read Next

साहसिक खेल-पर्यटन ‘हब’ बन्दै फुल्चोकी, माउन्टेन बाइकिङदेखि प्याराग्लाडिङसम्म