काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक श्री एयरलाइन्सले काठमाडौं-पोखरा रुटमा पुनः उडान सुरु गरेको छ ।
श्रीले आजदेखि यस रुटमा उडान सुरु गरेको हो । काठमाडौं-पोखरा दैनिक दुई उडान हुने एयरलाइन्सले जनाएको छ । यसरुटको न्यूनतम भाडादर ४ हजार १०० रुपैयाँ रहेको छ ।
एयरलाइन्सले बिहान ११:०५ बजे काठमाडौंबाट पोखराका लागि पहिलो उडान गर्नेछ भने पोखराबाट १२:०५ मा काठमाडौं फर्कनेछ । त्यस्तै, दिउँसो १:५५ बजे काठमाडौंबाट दोस्रो उडान गर्ने छ भने ३ बजे पोखराबाट फर्किने छ ।
श्रीले ३ वर्ष अघि नै पोखरा रुटमा उडान सुरु गरेको थियो । तर, कोरोनाका कारण बीचमा रोकिएको उडान पुनः सुरु गरेको हो ।
श्री एयरलाइन्सले हाल काठमाडौंबाट भैरहवा, विराटनगर, जनकपुर, राजविराज, भद्रपुर, धनगढी , नेपालगन्ज लगायत स्थानमा सेवा दिँदै आएको छ ।