निक्षेपमा सुुधार : एकैदिन बैंकमा भित्रियो १३ अर्ब, सीडी रेसियो कतिमा झर्‍यो ?

काठमाडौं । चरम तरलता अभाव झेलिरहेका बैंकहरुलाई थोरै राहत मिलेको छ । साउनको अन्तिम दिन १३ अर्ब निक्षेप थपिएपछि केही राहत मिलेको हो ।

साउनको ३० दिनमा १ खर्ब २० अर्ब निक्षेप बाहिरिएकोमा साउन ३१ गते भने १३ अर्ब निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । साउन ३० गतेसम्म ४४ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ३१ गते बढेर ४४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको हो।

समग्रमा साउन महिनामा वाणिज्य बैंकहरुबाट १ खर्ब ७ अर्ब निक्षेप बाहिरिएको छ । निक्षेप बढेसँगै बैंकहरुको सीडी रेसियोमा पनि घटेको छ । साउन ३० गते ८८.२७ प्रतिशत पुगेको सीडी रेसियो साउन ३१ गते ८८.०७ प्रतिशतमा झरेको हो।

राजस्व संकलन हुने तर विकास खर्च नहुने तथा आयातित सामानको भुक्तानी बढ्दा निक्षेप घटेको हो । साउनमा सरकारले ९१ अर्ब राजस्व संकलन गर्दा जम्मा २२ अर्ब मात्र खर्च गरेको छ ।

साउन महिनामा कर्जा प्रवाह पनि ३ अर्ब घटेको छ । असार मसान्तसम्म ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा साउन मसान्तसम्म आउँदा ४१ खर्ब ७२ अर्बमा झरेको छ ।

गौतमबुद्ध विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ शुल्कमा ५० प्रतिशत छुट Read Previous

गौतमबुद्ध विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ शुल्कमा ५० प्रतिशत छुट

माथिल्लो तामाकोशीकाे १०० प्रतिशत हकप्रद प्रस्ताव पारित Read Next

माथिल्लो तामाकोशीकाे १०० प्रतिशत हकप्रद प्रस्ताव पारित