काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।
कम्पनीकाे शुक्रबार सम्पन्न १४ वर्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ।
यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको छ। साथै आर्थिक वर्ष २०७७/७८ मा कम्पनी घाटामा रहेकाले सेयरधनीलाई लाभांश नबाँड्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले हकप्रदबाट जुटाउने पूँजीले २० मेगावाटको रोलवालिङ हाइड्रोपावर निर्माण गर्नेछ । गत आर्थिक वर्ष २०७८/७९ मा कम्पनी २ अर्ब ८७ करोड नोक्सानीमा रहेको छ ।