गौतमबुद्ध विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डिलिङ सेवामा ५० प्रतिशत छुट पाउने भएका छन् ।

बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको हो । सो अनुसार अब उक्त विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ शुल्कमा ५० प्रतिशत छुट दिनुपर्नेछ ।

भैरहवामा पनि ग्राउण्ड ह्याण्डिलिङ सेवाको जिम्मा नेपाल एयरलाइन्सले पाएको हो । यसअघि सरकारले पर्यटन पुनरुत्थानका लागि लिएका नीतिमा यस्तो छुट दिने उल्लेख थियो । सोही अनुसार ग्राउण्ड ह्याडिलिङ सेवामा छुट दिइएको हो ।

नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना २०७९ मा गौतमबुद्ध र पोखरा विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेशन र सेक्युरिटीलगायत शुल्कमा शतप्रतिशत छुटलाई निरन्तरता दिइने उल्लेख थियो ।

संकटग्रस्त श्रीलंकाको आर्थिक सङ्कुचन ८ प्रतिशतभन्दा धेरै हुने Read Previous

संकटग्रस्त श्रीलंकाको आर्थिक सङ्कुचन ८ प्रतिशतभन्दा धेरै हुने

निक्षेपमा सुुधार : एकैदिन बैंकमा भित्रियो १३ अर्ब, सीडी रेसियो कतिमा झर्‍यो ? Read Next

निक्षेपमा सुुधार : एकैदिन बैंकमा भित्रियो १३ अर्ब, सीडी रेसियो कतिमा झर्‍यो ?