छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार प्रदर्शनी मेला सुरू (फोटोफिचर)

काठमाडौं । छैटौँ अन्तर्राष्ट्रिय महिला व्यापार प्रदर्शनी मेला सुरु भएको छ । महिला उद्यमी महासंघले आयोजना गरेको यस प्रदर्शनीमा ७ प्रदेशमा रहेका महिला उद्यमीहरुको उत्पादनलाई प्रदर्शनमा राखिएको छ ।

ललितपुरको सानेपा सतुङ्गलस्थित हेरिटेज होटलमा भइरहेको यस मेलामा भदौ ६ गतेसम्म सञ्चालन हुने छ । मेलामा १०५ वटा स्टलहरु राखिएको छ । विभिन्न ग्रामिण भेगमा उत्पादन भएका वस्तुहरु प्रदर्शनीमा रहेका छन् ।

प्रदर्शनीमा सर्वसाधनहरु सहजै उपस्थित हुने व्यवस्था गरिएको छ । मेलामा विभिन्न बैंक, इन्सुरेन्स, खाद्य उत्पादन, लत्ताकपडा, आर्टलगायतका वस्तुहरु प्रदर्शनीमा राखिएको छ ।

मेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले महिला उद्यमी महासंघले धेरै महिलाहरुमा स्वरोजगार सृजना गरेको र उक्त महिला उद्यमीले उत्पादन गरेको वस्तुलाई निर्यातसम्म गर्नुपर्नेमा जोड दिए । उनले महिला यस मेलाले महिलाहरुको विकासमा ठूलो टेवा पुर्याउने बताए ।

‘नेपालकै कच्चा पदार्थबाट बनेका यो उत्पादनले महिलाहरुमा रोजगार सृजना गरेको छ, अब यसलाई निर्यातमा अगाडि पुराउनु पर्छ,’ प्रधनमन्त्री देउवाले भने ।

नेप्सेमा सूचीकृत २८ हाइड्रोपावर मात्र नाफामा, तामाकोशी धेरै घाटामा, कुनकाे कति ? Read Previous

नेप्सेमा सूचीकृत २८ हाइड्रोपावर मात्र नाफामा, तामाकोशी धेरै घाटामा, कुनकाे कति ?

भारतीय व्यवसायीलाई नेपालको जलविद्युत र पर्यटनमा लगानी गर्न ढकालको आग्रह Read Next

भारतीय व्यवसायीलाई नेपालको जलविद्युत र पर्यटनमा लगानी गर्न ढकालको आग्रह