काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत अधिकांश हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८७९ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेप्सेमा सूचीकृत ५६ हाइड्रोपावर मध्ये ४४ वटाले वित्तीय विवरण सावर्जजनिक गरेका हुन् ।
विवरण सार्वजनिक गरेका ४४ बटा हाइड्रोपावर मध्ये २८ वटा मात्र नाफामा रहेका छन् भने १६ वटा घाटामा रहेका छन् । १४ वटाको वित्तीय विवरण सार्वजनिक हुन् बाँकी छ । गत आर्थिक वर्षमा अधिकांश हाइड्रोपावर कम्पनीको खुद नाफा घटेको छ । वित्तीय विवरण सार्वजनिक गरेका ४४ कम्पनीहरु मध्ये २४ कम्पनीको नाफामा उच्च गिरावट आएको छ घने १८ वटाको बढेको छ ।
आयोजना निमार्णको लागि लिएको ऋणको ब्याज बढ्दा हाइड्रोपावरको नाफामा असर परेको हो । घाटामा जाने अधिकांश हाइड्रोपावरहरु निर्माणधीन अवस्थामा रहेका छन् । हाइड्रो प्रोजेक्टमा लगानी गर्दा आयोजना निमार्णका लागि ठूलो धनराशीका साथै समय खर्च हुन्छ । जब निमार्ण सम्पन्न भएपछि हाइड्रोपावरले विद्युत उत्पादन सुरु गर्छ, त्यसपछि आयोजनाले प्रतिफल दिन थाल्छ ।
गत आवमा सबैभन्दा धेरै नाफा वृद्धि गर्ने कम्पनीमा अंखुखोला जलविद्युत आयोजना रहेको छ । यस कम्पनीले खुद नाफा १० लाखबाट २२५८ प्रतिशतले बढाएर २ करोड ४८ लाख रुपैयाँ कमाएको छ ।
यस वर्ष सबैभन्दा धेरे नाफा कमाउने कम्पनीमा चिलिमे हाइड्रोपावर रहेको छ । यस कम्पनीले खुद नाफा ७६ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । यस कम्पनीले अघिल्लो आवमा खुद नाफा ७० करो १८ लाख रुपैयाँ कमाएको थियो । कम्पनीको एक वर्षमा ९.४१ प्रतिशतले वृद्धि भएको छ ।गत आवमा सबैभन्दा घाटामा अपर तामाकोशी रहेको छ ।
यस कम्पनीको अघिल्लो आवमा खुद नाफा ५ करोड ३४ लाख रुपैयाँ ऋणत्मक रहेकोमा गत वर्ष ३४ सय प्रतिशतले बढेर १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
२६ कम्पनी घाटामा, तामाकाेशीक्कोाे सबैभन्दा धेरै
वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरु मध्ये २४ हाइड्र्रोपावर घाटामा रहेका छन् । सबैभन्दा धेरै अपर तामाकोशी घाटामा छ भने कालिका पावर कम्पनी १.०५ प्रतिशत घाटामा छ ।
दोस्रोमा समलिङ हाइड्रोपावर ७२ अर्ब ४६ लाख रुपैयाँ घाटामा छ । यो कम्पनी गत एक वर्षमा २०७ प्रतिशत ऋणत्मक रहेको छ । गत वर्ष सबैभन्दा धेरै घाटा वृद्धि हुनेमा पन्चकन्या माई कम्पनी रहेको छ ।
हिमालयन उर्जा विकास कम्पनीको घाटा ५ हजार प्रतिशतले बढेर ३ लाखबाट १ कारोड ८५ लाख रुपैयाँ पुगेको छ । क्ष्याङदी हाइड्रोपावरको घाटा ४४६ प्रतिशतले बढेर ९७ लाखबाट ३ करोड ३९ लाख रुपैयाँ पुगेको छ । न्यादी हाइड्रोपावर कम्पनीको घाटा १६२ प्रतिशतले बढेको छ ।
यसैगरी, मध्ये भोटेकोशीको १४४,खानीखोला हाइड्रोपावरको ९८, बलेफी ९४, तेह्रथुम ९१,युनाइटेड मार्दि ७७, युनिभर्सलपावर ५९,दोर्दि खोला ४९.४१, बुटवल पावर ४७.७०, दिव्यश्वरी ४२, मैलुङ खोला र सिनर्जी पावर ३९/३९,न्यादी ३७,नेशनल लाइड्रोपावर २१.३९,स्वेत गंगा १८,राधी विद्युत १७, अरुण काबेली १३, रिभर फल्स ६ र कालिका पावरको १ प्रतिशतले घाटा वृद्धि भएको छ ।
कुन कम्पनीको नाफा कति बढ्यो ?
गत आवमा सबैभन्दा धेरै नाफा बढाउने शीर्ष हाइड्रो कम्पनीमा आखुखोला जलविद्युत रहेको छ । दोस्रोमा माउन्टेन हाइड्रोले ६७७ प्रतिशतले नाफा बढाएर १ करोड ८६ लाखबाट १४ करोड ४७ लाख पुर्याएको छ ।
रिदि पावर कम्पनीले ७ करोड २८ लाखबाट खुद नाफा ६४७ प्रतिशतले बढाएर ५४ करोड ४४ लाख आर्जन गर्न सफल भएको छ । माउन्टेन इनर्जि नेपालले ६१५ प्रतिशतले बढाएर ६१ करोड ११ लाख नापाm कमाएको छ ।
यसैगरी,पन्चकन्या पवरले ३२८,युनियन हाइड्रोपावरले २९४, घलेमदी १०८, बिन्दवासिनी ७३, रसुवागढी ६९, नेपाल हाइड्रो डेभलपर्स ५६, बरुण ४३, सानिमा माइ ३२, सन्जेन ३०, साहस उर्जा २९, रुरु २८,अपी पावर र अरुण भ्याल्ली ११ ÷११ र चिलिमे हाइड्रोपावरले ९ प्रतिशत बढीले खुद नाफा बढाएका छन् ।