नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार स्थिर रहेको नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको हो ।

सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६५ करोडले बढेर २ अर्ब नाघेको छ ।

बिहीबार नेप्से २७.७२ अंकले बढेर २०६८.४२ विन्दुमा आइपुगेको छ । नेप्सेका अनुसार  २२० कम्पनीको २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ रुपैयाँ बराबरको ५१ लाख १ हजार २९० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ३.१७ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूह पनि ३ प्रतिशतले बढेको छ ।

आज पनि रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर साढे ८ करोड र शिवम् सिमेन्ट ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रो पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने श्वेत गंगा र अपर हेवाखोलाका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, हिमालयन हाइड्रोपावर ८.९३, बलेफी ८.३८, मल्टीपर्पस फाइनान्स ८.३०, ग्रीन डेभलपमेन्ट बैंक ६.६७, सिंगटी हाइड्रो र आँखुखोला जलविद्युत्को सेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ ।

साउनमा ६३ हजारले लिए श्रम स्वीकृति, कुन देशका लागि कति ? Read Previous

साउनमा ६३ हजारले लिए श्रम स्वीकृति, कुन देशका लागि कति ?

नेप्सेमा सूचीकृत २८ हाइड्रोपावर मात्र नाफामा, तामाकोशी धेरै घाटामा, कुनकाे कति ? Read Next

नेप्सेमा सूचीकृत २८ हाइड्रोपावर मात्र नाफामा, तामाकोशी धेरै घाटामा, कुनकाे कति ?