गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई नियुक्त

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन् ।

क्यापिटल संचालक समितिको साउन २९ गते बसेको संचालक समितिको ५२ औं बैठकले भट्टराई भदौ १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो ।

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । उनले यस संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका छन् ।यसअघि उनले क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएक थिए ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोसेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ ।

निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा विक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्टे«शन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्नेछ ।

गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ ।

कछुवाको गतिमा मुग्लिन-पोखरा सडक विस्तार, वर्षदिनमा जम्मा २ प्रतिशत प्रगति Read Previous

कछुवाको गतिमा मुग्लिन-पोखरा सडक विस्तार, वर्षदिनमा जम्मा २ प्रतिशत प्रगति

आधा जीवन बीमा कम्पनीको नाफा घट्यो : नेशनल बन्यो सबैभन्दा धेरै कमाउने, कुनले कति कमाए ? Read Next

आधा जीवन बीमा कम्पनीको नाफा घट्यो : नेशनल बन्यो सबैभन्दा धेरै कमाउने, कुनले कति कमाए ?