अर्थसचिव कृष्णहरि पुष्करले लिए राष्ट्र बैंक सञ्चालकको सपथ

काठमाडौं। नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव कृष्णहरि पुष्कर नियुक्त भएका छन् ।

कायममुकायम प्रधानन्यायाधीश दिपकुमार कार्की समक्ष पुष्करले बुधबार राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ लिएका हुन् ।

अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक समितीमा पदेन सदस्य हुने व्यवस्था छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । पुष्कर राजस्व सचिवबाट ६ दिनअघि अर्थसचिवको जिम्मेवारीमा पुगेका थिए ।

नेप्सेमा झिनो अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा झिनो अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

कछुवाको गतिमा मुग्लिन-पोखरा सडक विस्तार, वर्षदिनमा जम्मा २ प्रतिशत प्रगति Read Next

कछुवाको गतिमा मुग्लिन-पोखरा सडक विस्तार, वर्षदिनमा जम्मा २ प्रतिशत प्रगति