काठमाडौं । चीन सरकारले हिमालय एयरलाइन्सलाई चार साता लामो प्रतिबन्ध लगाएको छ । एउटै उडानमा १५ जना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि चीनले एयरलाइन्सलाई ४ साता उडान बन्द गराएको हो ।
चीनमा एक उडानमा १० जना भन्दा बढी मानिसमा कोरोना पुष्टी भएमा कारवाहीस्वरुप वायुसेवा कम्पनीलाई उडान प्रतिबन्ध लाग्छ ।अगस्ट २ मा हिमालयबाट चीन उडेका १५ जना यात्रुलाई कोरोना देखिएको जनाइएको छ ।
त्यसपछि चीनले अगस्ट २२ देखि लागू हुने गरी चार साता लामो प्रतिबन्ध लगाएको हो । अहिले हिमालयले चीनको कुइमिङमा सातामा एक उडान गर्छ । यसले चीनबाट आइरहेको पर्यटकको संख्यामा ब्रेक लाग्ने भएको छ ।