सरकारी कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो ? (सूचीसहित)

काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ ।

साउन २६ गतेको मन्त्रिपरिषदको बैठकले बजेटमा घोषणा भए अनुसार राष्ट्र सेवक कर्मचरीको तलब १५ प्रतिशत बढाउने निर्णय गरेको थियो । सोही अनुसार सरकारले नयाँ तलबमान लागू गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सबै सरकारी कर्मचारीको १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए । सोही अनुरुप मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो ।

सरकारले कर्मचारी, शिक्षक, सेना, प्रहरी लगायतको नयाँ तलब तोकेको छ । अधिकृतदेखि माथिका पदमा कर्मचारीको तलव वृद्धि गर्न खोजिए पनि नायब सुब्बालगायतले विरोध गरेपछि अर्थ मन्त्रालयले रोकेको थियो।

नयाँ तलबमान अनुसार माथिल्लो तहको मुख्यसचिवको तलब २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ भने सबैभन्दा तल्लो तहका कर्मचरीको २४ हजार ७०२ रुपैयाँ तोकिएको छ ।

यस्तो छ नयाँ तलबमान

 

हिमालय एयरलाइन्सलाई ४ साता चीन उडानमा रोक Read Previous

हिमालय एयरलाइन्सलाई ४ साता चीन उडानमा रोक

एक दिन पनि टिकेन नेप्सेको उछाल, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

एक दिन पनि टिकेन नेप्सेको उछाल, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी