एक दिन पनि टिकेन नेप्सेको उछाल, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । लगातार ११० अंकको गिरावटपछि सोमबार ५५ अंकले बढेको नेप्पे आज फेरि उच्च अंकले घटेको हो ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३० करोडले बढेर पौने २ अर्ब रुपैयाँ पुगेको छ ।

सोमबार नेप्से २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा आइपुगेको छ । यसदिन २२० कम्पनीको २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.१८ प्रतिशतले घटेको छ ।

आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट साढे ८ करोड र हिमालयन डिस्ट्रीलरी साढे ५ करोड बढी को कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा युनिलिभरका सेयरधनीले सर्वाधिक ५.६२ प्रतिशत गुमाएका छन् । त्यसैगरी, दोर्दी हाइड्रोपावर, पञ्चकन्या माइ, जोशी हाइड्रो, हिमालयन ऊर्जा र आइएमई जनरल इन्स्योन्सको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, युनाइटेड मोदी, नेपाल फाइनान्स, ग्रीन भेन्चर्स लगायत १ दर्जन कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सरकारी कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो ? (सूचीसहित) Read Previous

सरकारी कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो ? (सूचीसहित)

भारतबाट फेरि घटेर आयो इन्धनको भाउ, प्रतिलिटर कति घट्यो ? Read Next

भारतबाट फेरि घटेर आयो इन्धनको भाउ, प्रतिलिटर कति घट्यो ?