भारतबाट फेरि घटेर आयो इन्धनको भाउ, प्रतिलिटर कति घट्यो ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई साउन ३१ गते (अगस्ट १६ तारिख) पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १.९४ रुपैयाँ, डिजेल प्रतिलिटर ४.८४ रुपैयाँ घटेर आएको छ । यस्तै, हवाई इन्धन पनि प्रतिलिटर ५ रुपैयाँ सस्तिएर आएको निगमले जनाएको छ । अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ ।

आइओसीले पेट्रोलियम पद्धार्थको भाउ घटाएर पठाको यो लगातार तेस्रो पटक हो । यसअघि साउन १६ गते डिजल प्रतिलिटर १२.४५ रुपैयाँ र पेट्रोल प्रतिलिटर १६.८० रुपैयाँ घटेर आएको थियो । त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल १६.५६ रुपैयाँ घटेर आएको थियो ।

आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

एक दिन पनि टिकेन नेप्सेको उछाल, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

एक दिन पनि टिकेन नेप्सेको उछाल, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

मंसिर २३ भित्र देशभर कृषि र गैरकृषि जग्गा छुट्याइसक्नुपर्ने Read Next

मंसिर २३ भित्र देशभर कृषि र गैरकृषि जग्गा छुट्याइसक्नुपर्ने