बैंकबाट धमाधम बाहिरिँदै पैसा, २८ दिनमै झिके सवा १ खर्ब

काठमाडौं । वाणिज्य बैंकहरुबाट निक्षेप बाहिरिने क्रम जारी छ । साउनको चार सातामै बैंकहरुबाट सवा १ खर्ब निक्षेप झिकिएको छ ।

नेपाल बैंकर्स संघका अनुसार साउनको चार साता (साउन २८ गतेसम्म)मा वाणिज्य बैंकहरुबाट १ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप साउन २० गते आइपुग्दा १ खर्ब २२ अर्बले घटेर ४४ खर्ब १९ अर्बमा झरेको छ ।

साउन पहिलो साता ६४ अर्ब रुपैयाँले घटेको बैंकहरुको निक्षेप दोस्रो साता २८ अर्ब रुपैयाँले घटेको थियो । त्यस्तै, तेस्रो साता ४ अर्ब रुपैयाँले घटेको निक्षेप चौथो साता २६ अर्बले घटेको छ ।

ठूलो मात्रामा निक्षेप रकम बाहिरिरहँदा बैंकिङ प्रणालीमा तरलताको चरम संकट सिर्जना भएको छ । गत वर्षदेखि नै तरलता अभाव झेल्दै आएका बैंकहरुलाई साउन लागेपछि झनै ठूलो समस्या आइपरेको छ ।

नेपाल आयल निगमले आइओसीलाई तिर्न बैंकमा राखेको पैसा झिक्दा, निर्माण व्यवसायीहरुले धरौटी राखेको रकम फिर्ता लैजाँदा बैंकबाट ठूलो मात्रमा निक्षेप बाहिरिएको बताइएको छ ।

निक्षेप घट्ने क्रम जारी रहे पनि बैंकहरुको कर्जा लगानी भने न्यून मात्रमा बढ्न थालेको छ । साउनको दोस्रो सातासम्म ११ अर्बले घटेको बैंकको कर्जा तेस्रो र थौथो सातामा गरी ११ अर्बले बढेको छ । तेस्रो सातामा २ अर्ब कर्जालगानी गरेका बैंकहरुले चौथो सातामा ९ अर्ब कर्जा प्रवाह गरेका छन् ।

साग्मा साउनको ४ साताको बैंकहरुको कर्जा प्रवाह स्थिर रहेको छ । असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा साउन २८ गते पनि त्यति नै कायम भएको छ ।

ब्रोकर नं. १३ धितोपत्र बोर्डको कारबाहीमा, यस्तो छ कारण Read Previous

ब्रोकर नं. १३ धितोपत्र बोर्डको कारबाहीमा, यस्तो छ कारण

नेपाल पूर्वाधार सम्मेलन भदौ २३ देखि हुने Read Next

नेपाल पूर्वाधार सम्मेलन भदौ २३ देखि हुने