ब्रोकर नं. १३ धितोपत्र बोर्डको कारबाहीमा, यस्तो छ कारण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थ्राइभ ब्रोकरेज हाउस (ब्रोकर नं. १३)लाई कारबाही गरेको छ ।

अनुमति नलिई अनधिकृत रूपमा आफ्नो शाखा विस्तार गरी कारोबार गरिरहेको भेट्टाएपछि बोर्डले ब्रोकर नं. १३ लाई कारबाही स्परुप ५० हजार जरिवाना तिराएको हो ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम उक्त ब्रोकरलाई हर्जाना तिराएको हो ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ भन्ने व्यवस्था छ। थ्राइभले उक्त व्यवस्था उलं३न गरेकोले कारबाही गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ब्रोकर नं. १३ ले स्वीकृत नलिई तनहुँको व्यास–२, दमौलीमा शाखा कार्यालय स्थापना गरी कारोबार गरेको पाइएको छ ।

 

व्यापारमा सधैं चीनको तगारो : यस वर्ष दशैंका लागि नयाँ सामान नआउने, भाउ बढ्ने Read Previous

व्यापारमा सधैं चीनको तगारो : यस वर्ष दशैंका लागि नयाँ सामान नआउने, भाउ बढ्ने

बैंकबाट धमाधम बाहिरिँदै पैसा, २८ दिनमै झिके सवा १ खर्ब Read Next

बैंकबाट धमाधम बाहिरिँदै पैसा, २८ दिनमै झिके सवा १ खर्ब