बीमा विधेयक संसदबाट पारित, चुक्ता पूँजी नपुर्‍याउने कम्पनीकाे लाइसेन्स जफत हुने

फाइल तस्वीर

काठमाडौं । ‘बीमा विद्येयक २०७९’ प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्मा ४ वर्षअघि दर्ता गरिएको उक्त विधेयक आइतबार प्रतिनिधसभाको बैंठकले बहुमतले पारित गरेको हो ।

उक्त विधेयक अब सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइनेछ । राष्ट्रपतिले विधेयकमा लालमोहर लगाएपछि बीमा विधेयक ऐनको रुपमा लागू हुनेछ ।

उक्त विधेयक यसअघि अर्थ समिति, राष्ट्रियसभा र प्रतिनिधिसभामा दफाबार छलफल भएको थियो ।

बीमा विधेयकमा  अधिकारसम्पन्न बीमा प्राधिकरण बन्ने व्यवस्था गरिएकाे छ । उक्त प्राधिकरण स्वायत्त रहने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

विधेयकमार्फत प्राधिकरणले तोकेको चुक्ता पूँजी बीमा कम्पनीहरूले नपुर्याए कम्पनीको लाइसेन्स जफत गर्न सक्ने अधिकार पनि दिइएको छ । यस्तै, सो विधेयकमा बीमा ब्रोकरको पनि परिकल्पना गरिएको छ ।

साउन १ गतेदेखि नै नयाँ तलबमान लागू हुने, यस्ता छन् मन्त्रिपरिषद्का २४ निर्णय Read Previous

साउन १ गतेदेखि नै नयाँ तलबमान लागू हुने, यस्ता छन् मन्त्रिपरिषद्का २४ निर्णय

थामिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

थामिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी